images
images
  • पुनः दंगा भड्किएपछि वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु

    वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आज २०८२ फागुन ११ गते बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो ।

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगंज महानगरपालिका क्षेत्रभित्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म चार किल्ला तोकी आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

    कर्फ्यू अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पूर्वनिर्धारित विश्वविद्यालय परीक्षासम्बन्धी सवारी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी र हवाई टिकट भएका यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ ।

    Dao Parsa Notice

    प्रतिक्रिया दिनुहोस्
    images
    images