images
images
  • अमेरिका समेत डराउने उत्तर कोरियाका सर्वोच्च नेता किम पुनः वर्कर्स पार्टीको महासचिवमा निर्वाचित

    काठमाडौं– North Koreaको सत्तारूढ Workers’ Party of Koreaले Kim Jong Un लाई पुनः महासचिवमा सर्वसम्मत चयन गरेको छ ।

    सरकारी समाचार एजेन्सी Korean Central News Agency (केसीएनए)का अनुसार पार्टी महासभाबाट उनको निरन्तरता सुनिश्चित गरिएको हो ।

    सन् २०११ मा पिता Kim Jong Il को निधनपछि सत्तामा आएका किमले आणविक कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छन् ।

    महासभामा कार्यकारी समितिमा व्यापक फेरबदल गरिएको र ३९ सदस्यीय समितिका आधाभन्दा बढी सदस्य परिवर्तन गरिएको जनाइएको छ ।

    लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र कार्यक्रम अघि बढाउँदै आएको छ ।

    फेब्रुअरी १९ देखि सुरु भएको महासभालाई देशको सबैभन्दा महत्वपूर्ण राजनीतिक कार्यक्रम मानिन्छ, जहाँ विदेश नीति, अर्थतन्त्र र सुरक्षा प्राथमिकताबारे संकेत दिइन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images