images
images
  • मौसम पूर्वानुमान : पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    काठमाडौं- नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार यतिबेला तराईका धेरैजसो भूभागमा बाक्लो तुवाँलो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ।

    बागमती र लुम्बिनी प्रदेशका उच्च भूभागमा पनि आंशिक बादल लागेको देखिए पनि अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहेको छ।  पहाडी र हिमाली क्षेत्रका केही सीमित स्थानमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ ।

    तराईका जिल्लाहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ ।

    देशका हिमाली भूभागमा दिनभरजसो बादल लाग्ने सङ्केत देखिए पनि तराई क्षेत्रमा भने दिउँसोतिर मौसम सफा रहने अनुमान गरिएको छ।

    विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images