images
images
  • त्रिशूली नदीमा बस खस्यो : १७ जनाको मृत्यु, २४ घाइते

    काठमाडौं- धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

    बेनिघाट रोराङ गाउँपालिका-५ भैंसीगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १स्३० बजे पोखराबाट काठमाडौं आउँदैरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको हो ।

    दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ ।

    साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

    प्रहरीका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ । घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।

    दुर्घटनाको कारण खुलेको छैन ।

    घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images