images
images
  • घरभित्र पसेको चितुवाको उद्धार गरियो

    काठमाडौं-काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ ।

    काठमाडौं डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको प्रहरीले जनाएको छ ।

    आज अपराह्न मनमैजु मन्दिर नजिकै घरमा पसेर दुई जनालाई घाइते बनाएको चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।

    प्रहरीका अनुसार स्थानीय अनोजमणि अधिकारीको घरभित्र चितुवा पसेको चितुवाले स्थानीय दुलाल महर्जन र मायानाथ वाग्लेलाई आक्रमण गरेको थियो ।

    दुवै जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images