images
images
  • बसबाट खसेर वृद्धको मृत्यु, चालक नियन्त्रणमा

    काठमाडौं- काठमाडौंको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।

    काठमाडौं महानगरपालिका-३२ पेप्सिकोला छाप्रो चोक नजिक सडकमा जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा ४ ख ५७५४ नम्बरको बसबाट खसेर दोलखाको चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेलको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा आज अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images