काठमाडौं- मनाङको नार्पाभूमी गाउँपालिकाको विभिन्न ठाउँमा जमेको हिँउ सुरक्षाकर्मीहरूले पन्छाएका छन् ।
५ दिनको लगातार प्रयासमा हिउँ पन्छाइएको सशस्त्र प्रहरी बलले जनाएका छन् ।
नेपाली सेना, सशस्त्रको नम्बर-३२ गुल्मबाट खटिएको टोली र प्रहरीले विपद् सामग्रीको प्रयोग गरेर हिँउ पन्छाएको हो ।
नार्पाभूमीको छ्याँसे, मेता र च्याखुँ अन्तर्गतका बाटोहरू हिउँले अवरुद्ध भएको थियो ।
हिँउ जमेका कारण खच्चड तथा मानिसहरू आवतजावतमा समस्या भएको थियो ।
हिउँका कारण फागुन ३ गतेदेखी सो क्षेत्रको सड्क अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्























