images
images
  • पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : अदालतले २ जनालाई साधारण तारेखमा छोड्न दियो आदेश

    काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार मुद्दामा दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले यस प्रकरणमा जोडिएका दिपकचन्द्र अमात्य र सुरेश आचार्यलाई साधारण तारेखमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

    उनीहरू नागरिक उड्ययन प्राधिकरणको सञ्चालक समितिको बैठकमा उपस्थित भएको देखिए पनि चाइनिज कम्पनीसँगको खरिद प्रक्रियाका अन्य काममा संलग्न भएको खुल्न नआएको भन्दै सो आदेश जारी गरेको जनाइएको छ ।

    अमात्य पूर्व संस्कृति तथा पर्यटन मन्त्री हुन् भने आचार्य तत्कालीन पर्यटन सहसचिव थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images