images
images
  • पालिका चलाउन नसक्नेलाई देश चलाउने जिम्मा दिने रे : केपी शर्मा ओली

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चलाउन नसक्नेले देश चलाउँछु भन्दै हिँडेको बताएका छन्।

    आइतबार झापामा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै यस्तो भनेका हुन्।

    उनले भने, ‘एउटा पालिका चलाउन नसकेर फेल खाएकालाई देश चलाउने जिम्मा दिने रे! प्रधानमन्त्री बनाउने रे! यो देश मजाक गर्ने ठाउँ होरु यो देश प्रयोगशाला हो कसैको ?’।

    यस्तै उनले देशमा फेरि शान्तिपूर्ण वातावरण फर्काउन, देशको रक्षा गर्नुपर्ने बेला भइसकेको पनि बताए।

    उनले एमाले विजयको तयारीमा लागिरहँदा निर्वाचन रोक्ने प्रयास भइरहेको पनि बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images