images
images
  • काठमाडौंको एक घरभित्र पसेको चितुवाले झम्टिँदा २ जना घाइते

    काठमाडौं– तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, केहीबेरअघि स्थानीय एक घरमा पसेको चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

    घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले छन् ।

    चितुवा अनोजमणी अधिकारीको घरभित्र पसेको प्रहरीले जनाएको छ ।

    आक्रमणमा परेका महर्जनलाई शुभम अस्पताल र वाग्लेलाई आर्मी अस्पताल लगिएको छ ।

    महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ भने वाग्लेको बायाँ हातमा चोट लागेको बताइएको छ ।

    हाल चितुवालाई घरभित्रै थुनेर राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images