images
images
  • एमाले चुनाव भाड्न लाग्दैन : ओली

    काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओलीले राज्यले अर्बौं रुपैयाँ खर्च गरिसकेकाले अब तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन् ।

    चुनाव स्थगित गराउने प्रयास भइरहे पनि एमाले कुनै अलमलमा नपरी जितको तयारीमा जुटिसकेको उनको भनाइ छ ।

    छ महिनासम्म पहल गर्दा चासो नदिएकाहरूले अन्तिम समयमा आएर चुनाव नहुने कुरा गर्नु गलत भएको उनले बताए ।

    राज्य र उम्मेदवार दुवै पक्षबाट ठूलो रकम खर्च भइसकेकाले अब पछि हट्न नहुने उनको तर्क छ ।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति लक्षित गर्दै आधारविहीन “जोडजामवाला पार्टी” अस्थिर रूपमा उम्लिएको टिप्पणी गरे र हारको संकेत पाएपछि अरूको झण्डा जलाउने र वातावरण बिथोल्ने गतिविधि थालेको आरोप लगाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images