images
images
  • गौरमा आज बिहान साढे ८ बजेसम्म कर्फ्यु खुकुलो

    काठमाडौं- जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यु आदेश जारी गरेको छ ।

    जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यु आदेशलाई निरन्तरता दिएका हुन् ।

    अत्यावश्यक कार्यका लागि आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म भने कर्फ्यु केही खुकुलो पारिएको छ ।

    साढे ८ बजेपछि भने फेरि अर्को आदेश जारी नभएसम्म पुनस् कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको सूचनामा उल्लेख छ ।

    शनिबार दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु आइतबार बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ ।

    फेरि बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएसम्म पुनस् कर्फ्यु लागू रहने प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको सूचनामा उल्लेख छ ।

    जिल्ला प्रशासन कार्यालयले सबैलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ ।

    यदि कर्फ्यु आदेश उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

    शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सिर्जना भएको थियो ।

    उक्त विवाद भड्किएर हिंसात्मक रूप लिँदै झडपमा परिणत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images