images
images
  • पशुपति मन्दिर परिसरमै साधु समूहले गरे युवकको हत्या

    काठमाडौं- पशुपतिनाथ मन्दिर परिसरमा एक जना युवकको हत्या भएको छ ।

    फागुन ६ मा संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृत अवस्थामा भेटिएका हुन् ।

    आर्यघाट पारिपट्टि आरती गर्ने स्थलको शिवालयमा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको थाहा भएको छ । चिम्टा र बाँसको चिर्पटले प्रहार गरेर उनको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    महाशिवरात्रिको मेलामा पशुपति पुगेका भारतीय साधु निरज नाथ समेतको समूहसँग वादविवाद हुँदा समूह मिलेर उनलाई चिम्टा लगायतका बस्तुले प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    हत्यामा संलग्न आशङ्कामा भारतको उत्तर प्रदेश मथुरा घर भएका ४८ वर्षीय निरज नाथ र दोलखा बैतेश्वर गाउँपालिका घर भएका २३ वर्षीय आशीर्वाद नाथ योगी भन्ने सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ परेकाहरूसँग सोधपुछ गर्ने काम भइरहेको छ । आरोपीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

    फागुन ५ मा राति उनको हत्या भएको हो ।

    मृतक गिरी काठमाडौं महानगरपालिका-८ स्थित पशुपति मन्दिर क्षेत्रमा बस्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images