images
images
  • बागी उम्मेदवारलाई कारबाही गर्ने कांग्रेसको तयारी

    काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिनेमाथि अनुशासनको कारबाही गर्न लागेको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठ्ने व्यक्ति, त्यस्ता व्यक्तिका प्रस्तावक र समर्थकलाई पनि अनुशासनको कारबाही गर्ने विषयमा छलफल भएको हो ।

    पार्टी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार कपिलवस्तु लगायतका केही जिल्लाबाट अनुशासनको कारबाहीका लागि सिफारिस आएको र सोही विषयमा छलफल भएको हो ।

    अब बस्ने बैठकले के कस्तो कारबाही गर्ने भन्ने निर्णय लिनेछ ।

    समिति संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले समितिको कार्यविधि-२०८२ समेत पारित गरेको छ ।

    त्यही कार्यविधिअनुसार अर्को बैठकबाट उनीहरूलाई अनुशासनको कारबाही गर्ने कांग्रेसको तयारी छ ।

    बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका व्यक्ति, निजका प्रस्तावक तथा समर्थक र पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यहरूका सम्बन्धमा समेत छलफल भएको पार्टी मुख्य सचिव दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    कांग्रेसबाट कपिलवस्तु-१, सप्तरी-४ र पर्सा-४ मा बागी उम्मेदवार छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images