काठमाडौं- नेकपा एमालेको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता पक्राउ परेका छन् ।
बिहीबार दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भिडमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाइएको थियो ।
सोही आरोपमा सोही उपमहानगरको कालाखोला बस्ने ५५ वर्षिय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न हुनका साथै संयमित एवं जिम्मेवार व्यवहार प्रदर्शन गरिदिनुहुन सम्पूर्ण सरोकारवाला पक्षलाई प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























