काठमाडौं- प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ तीन हजार ४०६ जना उम्मेदवारमध्ये जम्मा ६ सय ६७ जनाले निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोलेका छन् ।
अझै २ हजार ५ सय ३९ जना उम्मेदवारले खाता खोल्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार शुक्रबारसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेर त्यसको जानकारी निर्वाचन आयोगलाई गराएका छन् ।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि प्रतिनिधि सभा बैंक खाता खोल्न भनिएको छ ।
निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ ।
निवाचनसँग सम्बन्धित कारोबार गर्दा सोही खातामार्फत गर्नुपर्ने प्रावधान छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकमा दुई जना उम्मेदवारले बैंक खाता खोलेका छन् । केहीले ग्लोबल आइएमई बैंकमा खाता खोलेका छन् ।
बाँकीले प्रभु बैंक, नेपाल बैंकमा खाता खोलेका छन् ।























