images
images
  • तिब्बती बौद्ध धर्मगुरु दलाई लामाका शिष्य नेपाल आउँदै

    काठमाडौं– तिब्बती बौद्ध धर्मगुरु Kyabje Ling Rinpoche (सातौँ) नेपाल आउने भएका छन् ।

    दलाई लामाको आध्यात्मिक उत्तराधिकारीका रूपमा चिनिएका उनी फागुन १५ गते हुने बौद्ध धार्मिक प्रवचन कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

    उनको असली नाम तेन्जिन लुङ्तोक थिन्ले छोपेक हो ।

    यसअघि Jonang Gyaltsab Rinpoche नेपाल आउँदा अन्तर्राष्ट्रिय रूपमा चर्चा भएको थियो ।

    क्याब्जे रिन्पोछे फागुन १६ देखि २० गतेसम्म कपनस्थित एक गुम्बामा हुने कार्यक्रममा सहभागी हुने स्रोतले जनाएको छ ।

    गेलुग परम्पराका सम्मानित गुरु मानिने उनलाई Dalai Lama ले दुई वर्षकै उमेरमा पूर्व गुरुको पुनर्जन्मका रूपमा पहिचान गरेका थिए ।

    उनले दक्षिण भारतको ड्रेपुङ लोसेलिङ गुम्बामा दीर्घ अध्ययन गरी सन् २०१६ मा ‘गेसे ल्हारम्पा’ उपाधि प्राप्त गरेका छन् ।

    उनको नेपाल भ्रमणलाई पछिल्ला घटनाक्रमसँग जोडेर चासोका साथ हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images