images
images
  • रवि लामिछानेको चुनावी एजेन्डा भन्दा प्रतिशोधको अभिव्यक्ति चर्को

    दाङ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसद्बाट हटाए पनि जनताको मनबाट हटाउन नसकिने चुनौती दिएका छन् ।

    शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभामा उनले शंकर पोखरेलतर्फ संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

    घोराही दाङ क्षेत्र नम्बर–२ अन्तर्गत पर्छ, जहाँ एमालेबाट पोखरेल उम्मेदवार छन् ।

    लामिछानेले आफू सुशासनको पक्षमा काम गरिरहेकै बेला षड्यन्त्रपूर्वक संसद्बाट हटाइएको दाबी गरे ।

    सरकारमा रहँदा भ्रष्टाचारका फाइल खोल्न लाग्दा आफूलाई जेल पठाइएको उल्लेख गर्दै उनले फागुन २१ को निर्वाचनमार्फत जवाफ दिने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images