images
images
  • क्याम्पस जाँदा बाटो छेकेर छात्रालाई यौन दुर्व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं- काठमाडौंको कुलेश्वरस्थित जनमैत्री क्याम्पस जाँदा बाटो ढुकेर छात्रालाई यौन दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित डेराबाट कलेज जाँदै गर्दा अपरिचित युवकले छात्रालाई यौन दुर्व्यवहार गरेका थिए ।

    माघ २९ गते बिहान ६ बजेर २० मिनेटमा भएको सो घटनामा संलग्न गोपाल खड्कालाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    बाजुराको बडिमालिका नगरपालिका-३ घर भएर काठमाडौं-१४ सुनारगाउँ बस्दै आएका खड्काले न्याथम कलेजबाट बीएचएम गरेका छन् ।

    पछिल्लो डेढ महिनादेखि उनले क्षेत्र परिवर्तन गरेर छात्राहरूलाई यौनजन्य हर्कत गर्दै आएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    आरोपी अहिले कुपण्डोलस्थित एक होटलमा सेफको काम गर्दै आएको खुलेको छ ।

    स्नातक तह अध्ययन गर्ने छात्राहरूलाई उनले दुर्व्यवहार गरेका हुन् ।

    प्रहरीले उनीमाथि सार्वजनिक स्थलमा यौनजन्य गतिविधि गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images