images
images
  • युवकले बाटो छेकेर यौनजन्य गतिवि गरे, प्रहरीले अनुसन्धान गर्दै

    काठमाडौं- काठमाडौंको कुलेश्वर स्थित क्याम्पस जाँदै गरेका छात्राहरूलाई बाटो छेकेर एक जना युवकले दुर्व्यवहार गरेका छन् ।

    जनमैत्री कलेजमा ब्याचलर पढ्ने छात्राहरूलाई युवकले यौनजन्य गतिविधि गरेका हुन् । सो घटना माघ २९ गते बिहान ६ बजेर २० मिनेटको हो ।

    काठमाडौं महानगरपालिका-१४ कलंकी स्थित डेराबाट कलेज जाँदै गर्दा अपरिचित युवकले यौनजन्य गतिवधि गरेको भन्दै एक छात्राले उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिएकी छन् ।

    घटनाबारे अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अनुसन्धान भइरहेको छ ।

    युवकले चार जना छात्रालाई यौनजन्य गतिविधि गरेको पाइएको छ । तर, अहिले एक जना छात्राले मात्रै घटनाबारे प्रहरीलाई जानकारी गराएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images