images
images
  • निर्वाचन विरोधी गतिविधिमा संलग्न नेकपाका महासचिव कट्टेल पक्राउ

    काठमाडौं- निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव ऋषि कट्टेललाई प्रहरीले आज पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कट्टेललाई आज कीर्तिपुरबाट पक्राउ गरेको जनाएको छ । हालसम्म कट्टेलसँगै निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

    उनका अनुसार मंगलबार राति नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बाँस्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईं समूहका एसपी साहलाई पनि पक्राउ गरिएको छ ।

    उनीहरूले निर्वाचन बहिष्कार गर्ने अभिव्यक्ति दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images