काठमाडौं- महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा भक्तजनलाई अभद्र व्यवहार र प्रहरी कर्मचारीमाथि कुटपिट गर्ने युवक आज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानगरपालिका-१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
निजमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
ती युवकले शिवरात्रिको दिन पशुपति मन्दिरमा भक्तजनलाई अभद्र व्यहार र प्रहरीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस्























