images
images
  • १७ वर्षकी किशोरी बलत्कार गर्ने मेयर अधिकारी पक्राउ, शिशु जन्मिएपछि घटना सार्वजनिक

    काठमाडौं- बलात्कार गरेको आरोपमा सिन्धुली जिल्लाको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी पक्राउ परेका छन् । उनलाई बालिका बलत्कार गरी बच्चासमेत जन्मिएपछि पीडित पक्षले उजुरी गरेको हो ।

    उजुरी परेको ११ महिनापछि मेयर अधिकारीलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका मंगलबार नै सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको हो ।

    गत वैशाखमा उनीविरुद्ध १८ वर्षकी किशोरीले जाहेरी दिएकी थिइन् । किशोरी १७ वर्षको उमेर हुँदा बलत्कारमा परेर उनलाई गर्भवती बनाएको र किशोरीले बच्चा समेत जन्माएकी जाहेरीमा उल्लेख छ ।

    किशोरीलाई दुधौली नगरपालिकाकै एक होटलमा कार्यरत रहँदा मेयर अधिकारीले पटक पटक लोभ लालच र प्रलोभनमा पारी बलत्कार गरेको र बच्चा समेत जन्मिएको भन्दै उजुरी परेको थियो ।

    किशोरीले गत फागुनमा बच्चा समेत जन्माइसकेकी छन् । शिशु जन्मिएपछि घटना सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images