images
images
  • ३३ वर्षीय महिलाको शङ्कास्पद मृत्यु, श्रीमान् पक्राउ

    काठमाडौं- यहाँको घरभपझोङ गाउँपालिका–२ मार्फामा ३३ वर्षीय महिलाको शङ्कास्पद मृत्यु भएको छ।

    रसुवा जिल्ला उत्तरगङ्गा गाउँपालिका-५ स्थायी घर भई घरपझोङ गाउँपालिका-२ मार्फास्थित विश्व लालचनको घरमा डेरा गरी बस्ने शान्ति गुरुङ सोमबार राति करिब १२ बजे आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    गोर्खा बारपाक गाउँपालिका-१ माइत भएकी गुरुङ मृत फेला परेको सूचनापछि जिल्ला प्रहरीबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली घटनास्थल पुगेको थियो ।

    प्रहरी टोलीले घटनास्थल तथा शव जाँच प्रकृति मुचुल्कासहित प्रारम्भिक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीले जनाएको छ ।

    प्रहरीले मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल जोमसोम पठाएको छ । मृतक गुरुङका श्रीमान् २३ वर्षीय अश्विन थापामगरलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

    सो घटनाका सम्बन्धमा प्रहरीमा किटानी जाहेरी परेकाले अभियुक्तमाथी अनुसन्धान गर्न दश दिनको म्याद थप भइसकेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images