images
images
  • पक्राउ परे दुर्गा प्रसाईं समूहका एसपी शाह

    काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहमा आबद्ध सुनिल प्रसाद (एसपी) शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ पक्राउ परेपछि उनको पक्राउको विरोधमा शाहले गाडी आगजनी गर्न र भिडियो खिचेर पठाउन समर्थकहरूलाई निर्देशन गरेका थिए।

    उनलाई बबरमहलबाट मंगलबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    शाह बाराका स्थानीय हुन् ।

    यसअघि सोमबार प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images