images
images
  • निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोप, नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

    काठमाडौं- निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई पक्राउ गरेको छ।

    प्रहरीले मंगलबार दिउँसो उनलाई काठमाडौंको टेबहालबाट पक्राउ गरेको हो।

    सो पार्टीले निर्वाचनलाई बहिष्कार गरी निर्वाचनविरोधी गतिविधि बढाएपछि प्रहरीले पक्राउ गरेको हो। सो पार्टीका अन्य नेताहरू पनि निगरानीमा रहेको प्रहरीले जनाएको छ ।

    निर्वाचनविरोधी गतिविधिमा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ।

    फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्वक रूपमा सम्पन्न गर्न चुनावविरोधी गतिविधिमा संलग्नमाथि कारबाही थालिएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images