काठमाडौं- दक्षिण एसियाली मुलुक बाङ्ग्लादेशले डेढ वर्षपछि जननिर्वाचित सरकार पाएको छ ।
भर्खरै सम्पन्न आम निर्वाचनपछि बाङ्ग्लादेश नेसनल पार्टी ९बीएनपी०का अध्यक्ष तारिक रहमानले मंगलबार प्रधानमन्त्रीको शपथ लिएका छन् । रहमान पूर्व प्रधानमन्त्री वेगम खालिदा जियाका छोरा हुन् ।
शपथ ग्रहण समारोह अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस तथा राष्ट्रपति मोहम्मद शहाबुद्दीनको उपस्थिति थियो ।
यस्तै अन्य विभिन्न देशबाट पनि पाहुना बोलाइएका थिए । नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा पनि शपथग्रहण समारोहमा सरिक भएका थिए ।
बीबीसी बाङ्लाका अनुसार त्यहाँको इतिहासमै पहिलो पटक मन्त्रिपरिषद्को शपथ ग्रहण कार्यक्रम खुला आकाशमुनि आयोजना गरिएको हो ।
फेब्रुअरी १२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बीएनपी नेतृत्वको गठबन्धनले २१२ सिट जित्दै दुई तिहाइ बहुमत हासिल गरेको थियो ।
प्रतिस्पर्धी जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट मात्र जित्न सफल भयो ।
यो सँगै १६ महिनादेखि शासन सम्हालिरहेको युनुस नेतृत्वको अन्तरिम सरकारले औपचारिक रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेको छ ।


विश्व खबर 




















