images
images
  • आक्रमण गरी भाग्ने प्रयास गर्ने एक जनालाई प्रहरीले गोली हानेर लागुऔषध सहित नियन्त्रणमा लियो

    काठमाडौं- जिल्ला प्रहरी कार्यालय सुर्खेतले हवाइ फायर गरी लागुऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सुर्खेतको चिङ्गाड गाउँपालिका-४ घर भएका ४७ वर्षीय ललित चन्द रहेका छन् । उनलाई प्रहरील गएराति करिब १० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका-८ बाट पक्राउ गरेको हो ।

    लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो ।

    उनलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि हातपात तथा आक्रमण गरी भाग्ने प्रयास गरेका प्रहरीको दाबी छ। त्यसपछि प्रहरीले एक राउन्ड हवाइ फायर गरी उनलाई नियन्त्रणमा लिएको थियो।

    खानतलासी गर्दा ललितको साथबाट शुद्ध ३६ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार ललित चन्द जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images