images
images
  • कान खोलेर सुने हुन्छ एमाले पहिलो पार्टी बन्छ : केपी ओली

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी चुनावमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

    आज आफ्नो निर्वाचन क्षेत्र झापा–५ का मतदाता सामु प्रतिबद्धता पत्र सार्वजनिक गर्दै एमालेलाई सिद्ध्याउन आगो लगाएको भएपनि पहिलो पार्टी बन्ने बताए।

    उनले भने, ‘एमाले दोस्रो पार्टी थियो, अहिले चुनाव हुने भयो, पहिलो पार्टी हुन्छ। यतीका लागि त हामी हतार नै गरेका थिएनौँ त। हामी त ८४ पर्खिराख्या थियौँ। तर हामीलाई पहिलो पार्टी हुने मौका मिल्ने भयो। यतीका लागि यत्रो आगो किन लगाउनु पर्थ्यो ? एमाले सिद्ध्याउन आगो लगाए, एमाले पहिलो पार्टी हुन्छ। त्यो मैले भन्ने गरेको छु। एमाले विरोधी शक्तिहरूलाई मैले भन्ने गरेको छु, कान खोलेर सुने हुन्छ, एमाले आउँदो निर्वाचनमा पहिलो पार्टी हुन्छ।’

    उनले बहुमत ल्याएन भने पनि पहिलो पार्टी बन्ने जिकिर गरे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images