images
images
  • २५० नेपालीलाई अमेरिका पुर्‍याउने दुई जनाविरूद्ध मुद्दा, ९८ करोड रुपैयाँ बराबरको बिगो कायम

    काठमाडौं– सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरमा दुई जनाविरुद्ध अभियोग दायर गरिएको छ ।

    रुकुम पश्चिम बाफिकोट–२ का कलबहादुर बस्नेत र रुकुम पूर्व सिस्ने–५ का अमित बस्नेतविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत फागुन ४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

    कलबहादुर बस्नेत मानव बेचबिखन मुद्दामा डिल्लीबजार कारागारमा थुनामा छन् भने अमित बस्नेत फरार रहेको प्रहरीले जनाएको छ ।

    अनुसन्धानका क्रममा उनीहरूले करिब २५० नेपालीलाई अवैध बाटो हुँदै विभिन्न देशमार्फत अमेरिका पठाएको, केहीलाई अलपत्र पारेको तथा ठगी र वैदेशिक रोजगार ठगी गरेको खुलेको छ ।

    अवैध आम्दानी नगद र बैंक खातामार्फत शुद्धीकरण गरेको पाइएको छ ।

    कलबहादुरको नाममा करिब ७० करोड ६० लाख रुपैयाँ र अमितको नाममा २७ करोड ४५ लाख रुपैयाँ गरी जम्मा ९८ करोडभन्दा बढी बिगो कायम गरिएको छ ।

    सोही बराबरको दोब्बर जरिवाना, २ देखि १५ वर्षसम्म कैद तथा घरजग्गा, बैंक मौज्दात र बीमा रकम जफतको माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images