काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी विचाराधीन मुद्दामा पहिलो तारिख बुझ्न उनी केही नेता–कार्यकर्तासहित अदालत पुगेका हुन् ।
उक्त मुद्दामा लामिछाने यसअघि ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया दिनुहोस्























