images
images
  • सेवा सुविधा कम भएको भन्दै निर्वाचन प्रहरीले गरे विरोध प्रदर्शन

    काठमाडौं– हुम्लामा निर्वाचन प्रहरीले सेवा–सुविधा कम भएको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।

    तोकिएको कार्यविधिभन्दा कम पारिश्रमिक पाएको बुझाइका कारण उनीहरू आन्दोलित भएका हुन् ।

    जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार सेवा–सुविधाबारे गलत हल्ला फैलिएपछि असन्तुष्टि बढेको र केही स्थानमा टायर बाल्ने तथा तोडफोडसमेत भएको थियो ।

    हाल छलफलमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको प्रशासनले जनाएको छ ।

    आगामी प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ ।

    उनीहरूले ४० दिनका लागि दैनिक ८६९ रुपैयाँ ४० पैसाका दरले ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था छ ।

    साथै मतदानको अघिपछि ४ दिनका लागि दैनिक ३०० रुपैयाँका दरले १ हजार २ सय रुपैयाँ खाजा खर्च दिइनेछ ।

    हिमाली जिल्लामा खटिने निर्वाचन प्रहरीले करिब ११ हजार ५७० रुपैयाँ अतिरिक्त सुविधा पाउने व्यवस्था रहेको प्रशासनको भनाइ छ ।

    पहाडी क्षेत्रमा ७ हजार ९४५ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ अतिरिक्त खर्च हुने भए पनि कम रकम पाउने हल्लाका कारण प्रदर्शन भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images