काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रशासनले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सार्वजनिक शान्ति भंग हुनेगरी अफवाह फैलाएको आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त अनुमति दिएको हो ।
प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरी हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।
निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोप लागेका प्रसाईंले २१ फागुनमा कुनै हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
निर्वाचनको मिति घोषणा भएयता उनी तीन पटक पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्























