images
images
  • पशुपतिमा सकियो शिवरात्रि, बाँकी छ फोहोरको डङ्गुर

    काठमाडौं- यो वर्षको महाशिवरात्रि पर्व सकिएको छ ।

    महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिँदैछ ।

    पर्व सकिएर बाहिरबाट आएका साधुसन्तलाई बिदाइ गरिँदा पनि फोहोरको डंगुरको व्यवस्थापना भएको छैन । शिवरात्रीको मेलापछि पशुपति क्षेत्र फोहोरको डङ्गुरले भरिएको छ ।

    करोडौंको सम्पत्ति भएको नेपालको राष्ट्रदेव पशुपतिको मन्दिर परिसरमा एउटा मेला सकिएपछि फोहोरको डङ्गुर थुप्रिनु लाजमर्दो भएको कोषका पूर्वसदस्यसमेत रहिसकेका स्थानीयवासी गोपालप्रसाद सुवेदीले बताएका छन् ।

    फोहोरको डङ्गुरका कारण शिवरात्रिपछि पशुपति दर्शन गर्न आउने भक्तजन नाक थुनेर मन्दिरभित्र प्रवेश गर्नुपर्ने दुःखदायी अवस्था रहेको कीर्तिपुरबाट दर्शनका लागि आएकी दर्शनार्थी लक्ष्मी शर्मा दाहालले बताइन् । ।

    हजारौँ कर्मचारी भएको कोषले फोहोर तत्काल व्यवस्थापन गर्न नसक्नु कोषको बेइज्जतको विषय भएको आमभक्तजनको गुनासो रहेको छ ।

    कोषका सदस्य सचिव डा टण्डनले लाखौं भक्तजनको आगमनका कारण फूल प्रसादले पशुपति क्षेत्र फोहोर देखिएकामा सफाइ सुरु गरी सकिएकाले बिहीबारसम्म पूर्ण रूपमा सफाइ सकिने बताए ।

    हरेक वर्ष पशुपतिमा महाशिवरात्रि मेला लाग्छ । फोहोर व्यवस्थापन गर्न हरेक वर्ष नै ढिला हुँदा भक्तजनका साथै त्यस क्षेत्रको बस्ती प्रभावित हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images