images
images
  • पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १ सय ६५ जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं- पशुपति क्षेत्रबाट प्रहरीले १ सय ६५ जनालाई नियन्त्रणमा लिएको छ ।

    महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १ सय ६५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    पाकेटमार्ने, उच्छृङ्खल गतिविधि गर्ने, धकेला धकेल गर्ने, गाँजा सेवनमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

    शिवरात्रीको अवसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर पशुपति क्षेत्रमा सुरक्षा प्रदान गरिएको प्रहरीले बताएको छ ।

    आइतबार बिहानैदेखि दशनार्थीहरूको पशुपति क्षेत्रमा घुइँचो छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images