काठमाडौं- सिन्धुलीमा जिपको ठक्करबाट गोलञ्जोर गाउँपालिका-२ का अन्दाजी ८ वर्षीय बालक अषिक बयलकोटीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोलञ्जोर गाउँपालिकाकै वडा नम्वर-३ लामासोती स्थित मध्यपहाडी लोकमार्गमा ना १ ज ४६२३ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका बालकको गोलन्जोर आधारभूत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको जिपले पैदल हिँडिरहेको समयमा बालकलाई ठक्कर दिएको थियो ।
जिप र चालक २७ वर्षीय गोपाल भुजेललाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।
जिपको ठक्करबाट बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मी सडक खण्ड अवरुद्ध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















