images
images
  • चितवनबाट काठमाडौं आएका युवकको झोलामा गोलीसहित पेस्तोल फेला

    काठमाडौं- प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले पेस्तोल सहित नागढुंगा चेक प्वाईन्टबाट आज १ जनालाई नियन्त्रणमा लिएको छ।

    चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा हतियार फेला पारेको हो।

    पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरी रहेका छन्।

    पुरीको झोलाबाट मेड इन यूएसए लेखिएको पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ४ राउन्ड गोली फेला परेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार घटनाको सम्बन्धमा आवस्यक छानबिन भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images