images
images
  • हुम्लाबाट गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

    काठमाडौं- हुम्लाबाट सुत्केरी बेथा लागेकी गर्भवतीको आज हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

    बुधबार जिल्ला अस्पताल सिमकोट पु¥याइएकी गर्भवतीका उपचार नहुने भन्दै रिफर गरिएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

    सर्केगार्ड गाउँपालिका-५ को गोठी गाउँकी २३ वर्षीया किस्मती विकलाई सुत्केरी बेथा लागेर जिल्ला अस्पतताल पुगाइएको र अस्पतालमा सुत्केरी गराउन नसकिने भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको अस्पतालले जनाएको छ ।

    गर्भवतीका परिवार सुत्केरी बेथा लागेकी बिकलाई बुधबार बिहान ८ बजे गोठी स्वास्थ्य चौकीमा पु¥याइएको थियो ।

    स्वास्थ्य चौकीले नसक्ने भन्दै जिल्ला अस्पताल पठाइएकोमा सोही दिन बेलुका ५ बजे अस्पताल पु¥याइएको हो ।

    विकको पेटमा पानी जमेको कारण जिल्लामा उपचार गर्न नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images