काठमाडौं- बागलुङमा बागलुङ नगरपालिका-१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा २४ बालबालिका भाइते भएका छन् ।
बागलुङको लोकमार्गदेखि रात्माटा जाँदै गर्दा बागलुङ नगरपालिका-३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै ग ३ च ८६२१ नम्बरको स्कुल भ्यान अन्दाजी ५० मिटर तल खसेको हो ।
दुर्घटनमा २४ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । घाइतेको उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्























