images
images
  • पोकोको कमब्याक : टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

    काठमाडौं– विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi अन्तर्गतको स्मार्टफोन ब्रान्ड POCO नेपाली बजारमा पुनः कमब्याक गरेको छ ।

    गेमिङ र मल्टिटास्किङमा लोकप्रिय पोकोले टेलिटक प्राइभेट लिमिटेडसँग साझेदारी गर्दै तीनवटा नयाँ मोडेल – POCO X7 Pro 5G, POCO F7 5G, र POCO F8 Pro 5G – लन्च गरेको छ ।

    यी मोडेलहरू छिटो प्रोसेसर, लामो टिक्ने ब्याट्री र आधुनिक फिचरसहित डिजाइन भएका छन् ।

    टेलिटकका कार्यकारी निर्देशक प्रतिक जालानले भने, “पोको स्मार्टफोनले बिना सम्झौता गेम खेल्ने, एकैपटक धेरै काम गर्ने र निरन्तर कनेक्टेड रहने सुविधा दिनेछ । हाम्रो लक्ष्य नेपाली प्रयोगकर्तालाई सहज र उत्कृष्ट अनुभव दिनु हो ।”

    मुख्य फिचरहरू:

    POCO F8 Pro: Qualcomm Snapdragon 8 Elite Pro (3NM), 6.59 इन्च AMOLED डिस्प्ले, 6210 mAh ब्याट्री, 12 GB RAM + 512 GB ROM, Hyper OS 3, स्टेरियो स्पिकर डल्बी एटमस र Bose ट्युनिङ, IP68 वाटरप्रूफ। मूल्य: रु. 99,999, POCO X7 Pro 5G: MediaTek Dimensity 8400 Ultra (4NM), 6.67 इन्च AMOLED, 6000 mAh ब्याट्री, 12 GB RAM + 512 GB ROM, Hyper OS 2, स्टेरियो स्पिकर, IP68। मूल्य: रु. 55,999, POCO F7 5G: Qualcomm Snapdragon 8s Gen 4 (4NM), 6.83 इन्च AMOLED, 6500 mAh ब्याट्री, 12 GB RAM + 512 GB ROM, 22.5W रिभर्स चार्जिङ, IP68 ।

    मूल्य: रु. 69,999तीनै मोडेलमा उच्च गुणस्तरको सिंगल सेल्फी क्यामेरा, वाइड/अल्ट्रावाइड ट्रिपल वा डुअल क्यामेरा सेटअप, र १ वर्षको ब्रान्ड वारेन्टी उपलब्ध छ ।

    कम्पनीले ईएमआई सुविधा पनि प्रदान गरेको छ ।

    नयाँ पोको स्मार्टफोनहरू टेलिटकका आधिकारिक शोरूम र आउटलेटहरूमा उपलब्ध छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images