काठमाडौं– पश्चिमी क्यानाडाको टम्बलर रिजमा मङ्गलबार भएको गोलीकाण्डमा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।
घटनामा सात जना माध्यमिक विद्यालयमा गोली हानी मारिएका हुन् भने थप दुई जनाको शव नजिकैको घरमा फेला परेको छ ।
रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसिएमपी) अनुसार २७ जना घाइते भएका छन्, तीमध्ये दुईको अवस्था गम्भीर छ ।
प्रहरीले घटनामा संलग्न बन्दुकधारी महिला रहेको जनाएका छन्, तर विस्तृत पहिचान खुलाएको छैन ।
प्रारम्भिक अनुसन्धानले आत्महत्या जस्तो देखिएको व्यक्तिको मृत्यु भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















