images
images
  • युद्धरत रूसी राष्ट्रपतिलाई फ्रान्सको चेतावनी, तनावकाबीच इरानी नेता खामेनीको एकता आह्वान

    काठमाडौं– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन युद्ध सुरु भएको करिब चार वर्षपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने सम्भावित वार्तामा युरोपेली साझेदारहरूलाई अनिवार्य रूपमा समेट्नुपर्ने बताएका छन् ।

    आफ्ना कूटनीतिक सल्लाहकारलाई मस्को पठाएपछि उनले रूस अझै शान्तिका लागि तयार नभएको निष्कर्ष निकाले पनि प्राविधिक तहका संवाद च्यानल पुनः खुल्नु सकारात्मक भएको उल्लेख गरे ।

    म्याक्रोनले अमेरिकामा मात्र निर्भर नभई युरोप आफैँले पनि रुससँग प्रत्यक्ष संवादको संरचना बनाउनुपर्ने धारणा राख्दै स्पष्ट जनादेशसहित सीमित वार्ताकारबीच वार्ता हुनुपर्ने बताए ।

    रूसी विदेशमन्त्री सर्गेई लाभरोभले पुटिन फ्रान्सेली राष्ट्रपतिको फोन लिन तयार रहेको संकेत दिएका छन् ।

    त्यस्तै इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीले इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रलाई एकता र दृढता प्रदर्शन गर्न आह्वान गरेका छन् ।

    उनले फेब्रुअरी ११ को र्‍यालीलाई राष्ट्रिय शक्ति, गरिमा र सामूहिक संकल्पको प्रतीकका रूपमा वर्णन गर्दै जनसहभागिताले बाह्य शत्रुहरूलाई निराश पार्ने बताए ।

    राष्ट्रिय शक्तिको आधार हतियारभन्दा नागरिकको इच्छाशक्ति र एकतामा निहित हुने उनको भनाइ छ ।

    युवाहरूलाई विज्ञान, नैतिकता र समग्र विकासमा अग्रसर हुन आग्रह गर्दै उनले वार्षिकोत्सव कार्यक्रमले इरानको आन्तरिक र अन्तर्राष्ट्रिय स्थिति थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images