images
images
  • पिएचडी गरेका ६५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा

    काठमाडौं– २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।

    आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ मात्रै ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् ।

    निर्वाचन आयोगका अनुसार तीमध्ये ५५ जना उम्मेदवार पीएचडी उपाधिधारी छन्, जसमा १० जना स्वतन्त्र र ४५ जना विभिन्न दलका उम्मेदवार रहेका छन् ।

    स्वतन्त्रतर्फ झापा–२ का डा.युवराज संग्रौला, काठमाडौं–१ का डा.शम्भु पोखरेल, ललितपुर–१ का डा.धर्मराज बोहरा लगायत १० जना प्रतिस्पर्धामा छन् ।

    दलीय उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीबाट ९ जना पीएचडी उम्मेदवार छन् भने नेकपाबाट ६, नेपाली कांग्रेसबाट ५, नेकपा (एमाले)बाट ४ र जनता समाजवादी पार्टी नेपालबाट ४ जना छन् ।

    यसैगरी जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहित अन्य दुई जना, उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टीबाट दुई–दुई जना, राप्रपा, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेसनल रिपब्लिक नेपाल, मितेरी पार्टी र राष्ट्रिय मुक्ति पार्टीबाट एक–एक जना पीएचडी उपाधिधारी उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images