images
images
  • अपडेट– रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो

    काठमाडौं– रामेछापस्थित तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

    प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार घटनास्थलबाट थप ६ शव फेला परेपछि मृतक संख्या १२ पुगेको हो ।

    ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको र ६ शव नदीबाट निकालिएको उनले बताए ।

    काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस आज बिहान मचानेटार नजिकै तामाकोशी नदीमा खसेको थियो ।

    दुर्घटनामा घाइते ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।

    प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस नदीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ र चाबहिलबाट ३ जनाले टिकट काटेका थिए, बाटोबाट थप यात्रु चढे/नचढेको खुल्न बाँकी छ ।

    सशस्त्र प्रहरीको गोताखोर टोलीले अझै खोजी कार्य जारी राखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images