काठमाडौं– काठमाडौंमा ६० लाख रुपैयाँ लुटपाट आरोपमा प्रहरी हवल्दारसहित चार जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत हवल्दार कर्णबहादुर सुनार पनि छन् ।
प्रहरीका अनुसार, लुटपाटको शिकारलाई सस्तोमा सुन दिन्छौं भन्दै रकम लिएको बेला सीआईबीको प्रहरी भएको बताएर ठगी गरिएको थियो ।
पक्राउ परेकाहरूको अनुसन्धान जारी छ ।
प्रतिक्रिया दिनुहोस्























