काठमाडौं– काठमाडौंको कोटेश्वरबाट ओखलढुंगातर्फ छुटेको यात्रुवाहक बस मंगलबार मध्याह्न रामेछापको मन्थली–६ त्रिवेणी घाट नजिक तामाकोशी नदीमा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।
प्रारम्भिक रूपमा घटनास्थलमै ६ जनाले ज्यान गुमाएका थिए ।
दुर्घटनामा बसमा सवार ८ जना टिकटधारीसहित करिब १७ जना सवार रहेको खुलाइएको छ ।
उद्धारका लागि सशस्त्र प्रहरी बल र विपद् व्यवस्थापन टोली गोताखोरसहित घटनास्थलमा खटिएका छन् र डुबेकाहरूको खोजी कार्य जारी छ ।
प्रतिक्रिया दिनुहोस्























