काठमाडौं– रामेछापको सेलेघाटमा यात्रुवाहक बस दुर्घटना भएपछि उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, विपद् व्यवस्थापन टोली खुर्कोट, सिन्धुलीबाट १० गोताखोरसहित दुर्घटनास्थलमा पुगेको छ ।
मंगलवार काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस (प्रदेश–३–०१–००५ ख ९९७५) तामाकोशीमा खसेको थियो ।
घटनामा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ, २ पुरुष र ४ महिला छन् ।
पाँच घाइतेलाई प्रहरीले उद्धार गरी खुर्कोट सामुदायिक अस्पताल पठाएको छ ।
दुर्घटना स्थलमा रामेछापका डीएसपी भोला भट्टको नेतृत्वमा टोली परिचालित छ ।
प्रतिक्रिया दिनुहोस्























