काठमाडौं– काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाने बस तामाकोशी नदीमा खसेको छ ।
दुर्घटनामा ११ जनालाई उद्धार गरेर अस्पताल लगिएको छ, जसमा पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
उद्धार गरिएका बिरामीहरू मन्थली र फुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको छ ।
बस नदीमा डुबेकाले उद्धारमा कठिनाइ भइरहेको छ ।
प्रहरीका अनुसार, बस प्रदेश ३-०१-९९५ख९९७५ नम्बरको मचानेटार क्षेत्रमा खसेको हो ।
यात्रु संख्या निश्चित नभए पनि प्रारम्भिक विवरण अनुसार बसमा चालक, सहचालक र व्यवसायी ३ जना, जडीबुटीबाट ५ जना, चाबहिलबाट ३ जना र बाटोमा चढेका गरी १३ जना रहेका थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उद्धारमा खटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्























