images
images
  • काठमाडौंबाट छुटेको बस तामाकोशी नदीमा डुब्यो

    काठमाडौं– काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ ।

    रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार मचानेटार नजिकै प्रदेश ३ ०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।

    बसमा सवार ६ जना घाइते भएका छन् र उद्धार गरी उपचारका लागि पठाइएको छ ।

    प्रहरीले थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images