काठमाडौं– संयुक्त राज्य अमेरिकाको अपील अदालतले होन्डुरस, नेपाल र निकारागुआका आप्रवासीहरूको अस्थायी संरक्षित स्थिति (TPS) अन्त्य गर्दै उनीहरूलाई निर्वासनतर्फ लैजान सकिने बाटो सोमबार खुला गरेको छ ।
गत वर्ष ट्रम्प प्रशासनले यी देशका हजारौँ नागरिकहरूको TPS समाप्त गर्ने निर्णय गरेको थियो ।
यसअघि एक संघीय न्यायाधीशले निर्णय कार्यान्वयन नगर्न रोक लगाएका थिए, तर नवौँ सर्किट कोर्ट अफ अपील्सले अपिल प्रक्रिया जारी रहँदासमेत सरकारलाई निर्वासन प्रक्रिया अघि बढाउन अनुमति दिएको छ ।
TPS कार्यक्रमले युद्ध, प्राकृतिक प्रकोप वा असाधारण परिस्थितिबाट जोखिममा पर्ने मान्छेलाई अस्थायी रूपमा अमेरिका बस्न र काम गर्न अनुमति दिन्छ। १९९८ मा मध्य अमेरिकी तूफान र २०१५ को नेपाल भूकम्पपछि हजारौँ आप्रवासीले TPS मार्फत सुरक्षा पाएका थिए ।
गृहमन्त्री क्रिस्टी नोमका अनुसार TPS कहिल्यै स्थायी कार्यक्रमको रूपमा डिजाइन गरिएको थिएन र हाल यी देशमा अवस्था सुधार भइसकेको कारण नागरिकहरू सुरक्षित रूपमा फर्कन सक्ने अवस्थामा पुगेको बताइएको छ ।


विश्व खबर 




















